गृहपृष्ठ ∕ राजनीति ∕ बाबुरामले दर्ता गरेको नयाँ पार्टीको चुनाव चिह्न आँखा बाबुरामले दर्ता गरेको नयाँ पार्टीको चुनाव चिह्न आँखा दीप संञ्चार साउन १२, २०७९ गते १९:५५ मा प्रकाशित तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । निर्वाचन आयोगमा बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी पार्टी दर्ता गराएका हुन्।पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिह्न हो । आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले जानकारी दिए ।‘पार्टीमा विवाद हुँदावित्तिकै निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गरिएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर अहिले नेपाल समाजवादी पार्टी दर्ता गरेका छौँ,’ पोखरेलले भने, ‘चुनाव चिह्न भने तत्कालिन नयाँ शक्तिको आँखा राखेका छौँ ।’ पार्टी अध्यक्ष सहित पदाधिकारी को-को हुने भन्ने विषयमा बैठकबाट टुंगो लाग्ने पोखरेलले बताए ।क्याटेगोरी : राजनीतिट्याग : #बाबुराम भट्टराई तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप