Techie IT
×
गृहपृष्ठराजनीतिअर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा


काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्छु भन्दै शर्माले पदबाट राजीनामा दिएका हुन् ।

शर्मामाथि बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप छ ।

सो विषयमा छानबिन गर्न बुधबार ११ सदस्सीय संसदीय विशेष समिति छानबिन गठन गरिएको छ । उक्त समितिमा खगराज अधिकारी, भुष्पा भुसाल गौतम, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मण लाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव छन् ।

सो समितिलाई कार्यावधि १० दिनको समय दिइएको छ । काम प्रारम्भ गरेको दिनदेखि कार्यावधि दिन गणना हुनेछ ।

बजेट सार्वजनिक हुने अघिल्लो दिन १४ जेठको मध्यराति शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने आरोपमाथि छानबिन गर्न समितिलाई निर्देशन दिइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #जनार्दन शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस