Techie IT
×
गृहपृष्ठराजनीतिमाओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै


काठमाडौँ -नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार समापन हुने भनिएपनि स्थगन भएको थियो । त्यसपछि आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजनलगायतबारे ठोस प्रस्ताव ल्याउने तयारी छ । मंगलबार खुमलटारमा बसेको पूर्व स्थायी र प्रदेश इन्चार्ज सहभागी केन्द्रीय कार्यालयको विस्तारित बैठकले सोको जिम्मा अध्यक्षलाई दिने निर्णय गरेको थियो ।

माओवादीको आठौं महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। जारी बैठकमा पार्टीका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले पदाधिकारी टुंगो लगाउन माग गरिरहेका छन् ।

साथै आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची पनि छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #माओवादी

तपाईको प्रतिक्रिया दिनुहोस