गृहपृष्ठ ∕ राजनीति ∕ जन्ती बोकेको ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, २६ जना घाइते जन्ती बोकेको ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, २६ जना घाइते दीप संञ्चार असार १९, २०७९ गते २२:०५ मा प्रकाशित काठमाडौँ – मकवानपुरको बागमतीमा जन्ती बोकेको ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । आइतबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्र्याक्टर अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो ।मकवानपुरको बागमती–९ मन्थलीबाट जन्ती बोकेर सिन्धुली जाँदै गरेको ना ६ त ८०७३ नम्बर ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय अन्दाजी १७ वर्षीया सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा अनियन्त्रित भई पल्टिएको ट्रयाक्टर उनीमाथि परेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।दुर्घटना हुँदा ट्याक्टरमा सवार २६ जना घाइते भएको उनले बताए । दुर्घटनामा घाइते भएका मध्ये ७ जना गम्भीर रहेको र उनीहरुको हेटौंडास्थित ३ वटा अस्पतालमा उपचार भइरहेको उनले बताए । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित हेटौंडा अस्पताल, मकवानपुर सरकारी अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #दुर्घटना, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ