गृहपृष्ठ ∕ राजनीति ∕ जन्ती बोकेको ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, २६ जना घाइते जन्ती बोकेको ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, २६ जना घाइते दीप संञ्चार असार १९, २०७९ गते २२:०५ मा प्रकाशित काठमाडौँ – मकवानपुरको बागमतीमा जन्ती बोकेको ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । आइतबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्र्याक्टर अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो ।मकवानपुरको बागमती–९ मन्थलीबाट जन्ती बोकेर सिन्धुली जाँदै गरेको ना ६ त ८०७३ नम्बर ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय अन्दाजी १७ वर्षीया सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा अनियन्त्रित भई पल्टिएको ट्रयाक्टर उनीमाथि परेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।दुर्घटना हुँदा ट्याक्टरमा सवार २६ जना घाइते भएको उनले बताए । दुर्घटनामा घाइते भएका मध्ये ७ जना गम्भीर रहेको र उनीहरुको हेटौंडास्थित ३ वटा अस्पतालमा उपचार भइरहेको उनले बताए । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित हेटौंडा अस्पताल, मकवानपुर सरकारी अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #दुर्घटना, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला