Techie IT
×
गृहपृष्ठराजनीतिरवि लामिछानेको पार्टीमा २१ केन्द्रीय सदस्य (नामसहित)

रवि लामिछानेको पार्टीमा २१ केन्द्रीय सदस्य (नामसहित)


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको हो ।

पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिह्न गोलाकारभित्रको घन्टी भएको जानकारी दिए।

योसँगै उनले आफ्ना पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेका छन्।त्यस्तै बाँकी १९ जना सदस्य छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले जारी गरेको विज्ञप्तिअनुसार रवि लामिछाने पार्टीका सभापति छन् डा. मुकुल ढकाल प्रवक्ता छन्।

टेलिभिजन प्रस्तोता लामिछानेले केही दिनअघि नयाँ पार्टी खोल्ने घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #रवि लामिछाने

तपाईको प्रतिक्रिया दिनुहोस