गृहपृष्ठ ∕ राजनीति ∕ फोहोर व्यवस्थापन गर्न अन्य ५ ठूला योजनाको बजेट काटौँ : गगन थापा फोहोर व्यवस्थापन गर्न अन्य ५ ठूला योजनाको बजेट काटौँ : गगन थापा दीप संञ्चार जेठ २४, २०७९ गते १५:३८ मा प्रकाशित सांसद गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि विभिन्न ५ आयोजनाको बजेट काट्न प्रस्ताव गरेका छन् ।मंगलबार आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथि छलफलका क्रममा उनले काठमाडौं महानगरमा यो वर्षका लागि छुट्याइएको फ्लाई ओभरको बजेट फोहोर व्यवस्थापनमा खर्च गर्न आग्रह गरे ।उनले भने–‘फोहोरको व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले पुग्दैन । अरबौं रुपैयाँ लाग्छ । फोहोर व्यवस्थापनका लागि छुट्टै बजेट छुट्टाइएको छैन, काठमाडौंमा यो वर्ष फ्लाई ओभर, अन्डरपास नभएपनि हुन्छ । बरु काठमाडौं बाहिरको ५ वटा योजना काटे पनि हुन्छ । त्यसबाट केही अरब निकाल्ने हो भने फोहोरको दीर्घकालीन समाधान निस्कन्छ ।’उनले यसबारे विचार गर्न मन्त्री र सरकारको ध्यानाकर्षण गराए । सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सडक बिस्तारका लागि विनियोजन भएको ४ अर्ब रुपैयाँ बजेटको काम अझै कार्यान्वयन भइनसकेको बताए । ठेक्कामा गएका सडक अस्थव्यस्थ भएपछि मन्त्रालय, सडक विभागमा निवेदनमाथि निवेदन दिएको, निर्माण व्यवसायीको घरमा ८ घण्टा कुरेर भेट्दा पनि काम नभएको उनले बताए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #गगन थापा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप