Techie IT
×
गृहपृष्ठराजनीतिफोहोर व्यवस्थापन गर्न अन्य ५ ठूला योजनाको बजेट काटौँ : गगन थापा

फोहोर व्यवस्थापन गर्न अन्य ५ ठूला योजनाको बजेट काटौँ : गगन थापा


सांसद गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि विभिन्न ५ आयोजनाको बजेट काट्न प्रस्ताव गरेका छन् ।

मंगलबार आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथि छलफलका क्रममा उनले काठमाडौं महानगरमा यो वर्षका लागि छुट्याइएको फ्लाई ओभरको बजेट फोहोर व्यवस्थापनमा खर्च गर्न आग्रह गरे ।

उनले भने–‘फोहोरको व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले पुग्दैन । अरबौं रुपैयाँ लाग्छ । फोहोर व्यवस्थापनका लागि छुट्टै बजेट छुट्टाइएको छैन, काठमाडौंमा यो वर्ष फ्लाई ओभर, अन्डरपास नभएपनि हुन्छ । बरु काठमाडौं बाहिरको ५ वटा योजना काटे पनि हुन्छ । त्यसबाट केही अरब निकाल्ने हो भने फोहोरको दीर्घकालीन समाधान निस्कन्छ ।’

उनले यसबारे विचार गर्न मन्त्री र सरकारको ध्यानाकर्षण गराए । सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सडक बिस्तारका लागि विनियोजन भएको ४ अर्ब रुपैयाँ बजेटको काम अझै कार्यान्वयन भइनसकेको बताए । ठेक्कामा गएका सडक अस्थव्यस्थ भएपछि मन्त्रालय, सडक विभागमा निवेदनमाथि निवेदन दिएको, निर्माण व्यवसायीको घरमा ८ घण्टा कुरेर भेट्दा पनि काम नभएको उनले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #गगन थापा

तपाईको प्रतिक्रिया दिनुहोस