गृहपृष्ठ ∕ राजनीति ∕ सार्वजनिक पदमा रहेकाले यौनहिंसा गरे थप दुई वर्ष कैद सजाय हुने व्यवस्था गरौं : गगन थापा सार्वजनिक पदमा रहेकाले यौनहिंसा गरे थप दुई वर्ष कैद सजाय हुने व्यवस्था गरौं : गगन थापा दीप संञ्चार जेठ २३, २०७९ गते १४:४५ मा प्रकाशित काठमाडौं- कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक पदमा रहेका व्यक्तिले यौन हिंसा गरेमा उसलाई थप दुई वर्ष कैद सजाय हुनेगरी कानुन बनाउनुपर्ने सुझाव दिएका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी हुँदै उनले यौन हिंसाको घटनामा सार्वजनिक पद धारण गरेका व्यक्ति दोषी पाइपामा उसलाई थप दुई वर्ष कैद सजाय हुने व्यवस्था गर्नुपर्ने बताए ।पीडितलाई पीडितले धम्काउने, प्रलोभनमा पार्ने कार्यमा सार्वजनिक पद धारण गरेका व्यक्ति संलग्न भएमा उसलाई दुई वर्ष कैद सजाय हुने व्यवस्था गर्नुपर्ने थापाको सुझाव छ । उक्त विधेयकमा ६ महिना बढी कैद भनिएको भन्दै उनले यसलाई कम्तिमा पनि दुई वर्ष बनाउनुपर्ने बताए ।उक्त छलफलमा सहभागी सांसदहरुले हद म्याद राख्नुपर्ने र हदम्यादको समय भने बढाइनुपर्ने बताएका छन् । हदम्याद नराख्दा निर्दोष व्यक्ति फसाउने षड्यन्त्रमा पनि हुन सक्ने भन्दै उनीहरूले हद म्यादसहित यौन हिंसाका विषयमा कडा कानुन बनाउनुपर्ने सुझाव दिएका छन् ।जनतापाटि क्याटेगोरी : राजनीतिट्याग : #breaking, #गगन थापा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुउपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने