Techie IT
×
गृहपृष्ठराजनीतिनीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने

नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने


काठमाडौँ – प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रममाथि सांसद्हरुले धारणा राख्ने क्रम जारी रहनेछ ।

शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि आज पनि बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति कार्यक्रम आज पारित गरेर भोलि १५ जेठमा सरकारले बजेट ल्याउने तयारी गरेको छ। त्यसका लागि अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ ।

प्रि बजेटमाथि संसदमा छलफल भइसकेको छ । सांसदहरुका सुझाव समेटेर अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस