Techie IT
×
गृहपृष्ठराजनीतिबालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित

बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित


काठमाडौं – र्‍यापर बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । बिहीबार राति सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार बालेन ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८,३४१ हजार मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८,११७ हजार मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई दोब्बर बढी मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत पाए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #बालेन शाह, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस