गृहपृष्ठ ∕ राजनीति ∕ तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर दीप संञ्चार जेठ ११, २०७९ गते ९:०३ मा प्रकाशित दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।मतगणना नसकिँदै गन्न बाँकी भन्दा फराकिलो अग्रता बनाएर एमालेका टिकाराम खड्का विजयी भएका हुन् । सो उपमहानगरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी हुँदा खड्का तीन हजार ३६६ मतले अघि छन् ।खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन् । तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको थियो । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि रहेकाले विजयी भएकी छन् ।उनले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेकी छन् । चौधरीले २९ हजार ३४५ मत प्राप्त गरेकी छन् भने रानाले २० हजार १४४ मत प्राप्त गरेकी छन् ।उन्नाइस वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो । तुलसीपुरमा सत्ता गठबन्धन रहेपनि एमाले एक्लैले विजय हासिल गरेको हो । क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप