गृहपृष्ठ ∕ राजनीति ∕ ओलीलाई आफ्नै गृहनगरमा धक्का, ५५९ मतान्तरले राप्रपाका थापाले मारे बाजी ओलीलाई आफ्नै गृहनगरमा धक्का, ५५९ मतान्तरले राप्रपाका थापाले मारे बाजी दीप संञ्चार जेठ ६, २०७९ गते ११:२४ मा प्रकाशित एमालेको दवदवा रहेको झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भएका हुन् ।थापाको जितसँगै ओलीलाई आफ्नै गृहनगरमा धक्का लागेको छ । मेयरमा विजयी राम थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् । यसैगरी उपप्रमुखमा पनि एमाले पराजित भएको छ । एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । दमकमा एमालेकी उपमेयर उम्मेदवार अम्बिका प्रसाद खनालले १६५७४ मत पाउँदा काँग्रेसका रेगिना भट्टराईले १७०७२ मत ल्याएर विजयी भइन् ।झापामा एमालेविरुद्ध महागठबन्धन थियो । अर्थात एमालेलाई हराउने लक्ष्यका साथ सत्ता गठबन्धन र राप्रपा एकातिर थियो भने एमाले एक्लै मैदानमा खडा भएको थियो । गठबन्धनमा राप्रपाका थापाले मेयर पाउँदा काँग्रेसले उपमेयर पाएको थियो । जुन गठबन्धन दमकमा सफल भएको छ । क्याटेगोरी : राजनीतिट्याग : #breaking, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयीस्थापित र सिर्जना प्रतिस्पर्धामा रहँदा बालेन्द्र कति मतान्तरले अघि ?नेकपा एमालेका उपाध्यक्षको गृहवडामा काँग्रेस विजयीसप्तरीमा नवनिर्वाचित वडा सदस्यको निधन धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी ! कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी