Techie IT
×
गृहपृष्ठराजनीतिगोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक,९ पालिकामा माओवादी विजयी, एमाले शून्य

गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक,९ पालिकामा माओवादी विजयी, एमाले शून्य


गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको पनि नतिजा आएसँगै मतगणना सम्पन्न भएको हो । सो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। अध्यक्षमा निमा लामाले १६२४ मत प्राप्त गरेर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धन बहादुर गुरुङले १३११ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेकी लक्ष्मी गुरुङले १५६५ मत प्राप्त गर्दा उनकी प्रतिष्पर्धि नेपाली काँग्रेसकी मेतोक छोकी लामाले १३०७ मत प्राप्त गरिन् । यसैगरी वडा अध्यक्षमा १ मा कर्मा छेवाङ लामा, २ मा मिङ्मा दोर्जे लामा, ४ मा पेमा ग्यलपो लामा,५ मा कालेन छेवाङ लामा, ७ मा टसि दोर्जे लामा नेपाली काँग्रेसबाट र ३ मा रामकुमार गुरुङ ६ मा सरोज लामा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर ६ का लामा यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।

गोरखाको ९ पालिकामा माओवादी विजयी भएको छ । २ पालिकामा काँग्रेस विजयी हुँदा पालिकाको नेतृत्वमा एमाले शून्य भएको छ । अघिल्लो निर्वाचनको तुलनामा माओवादीले नतिजा सुधारेको हो।

२०७९ को स्थानीय तह निर्वाचन
गोरखाका २ नगरपालिका, ९ गाउँपालिका र ९४ वडाको अन्तिम नतिजा
माओवादी- २ नगरपालिका, ७ गाउँपालिका र ४३ वडा
कांग्रेस- २ गाउँपालिका र ३७ वडा
एमाले -१० वडा
जसपा-३ वडा
स्वतन्त्र- १ वडा
निर्बाचित सबै जनप्रतिनिनिधिहरूलाई सफल कार्यकालको हार्दीक शुभकामना ।
२०७४ को स्थानीय निर्वाचन
माओवादी २ गाउँपालिका र ३० वडा
कांग्रेस २ नगरपालिका, ७ गाउँपालिका र ४५ वडा
जसपा ५ वडा र एमाले १४ वडा

 


क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा माओवादी

तपाईको प्रतिक्रिया दिनुहोस