Techie IT
×
गृहपृष्ठराजनीति३८९ पालिकाको मत परिणाम : कांग्रेस १८१, एमाले ११० र माओवादी ७७ वटामा विजयी

३८९ पालिकाको मत परिणाम : कांग्रेस १८१, एमाले ११० र माओवादी ७७ वटामा विजयी


काठमाडौं- बैसाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । ७५३ स्थानीय तहमध्य अहिलेसम्म ३८९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

८७ वटा नगरपालिका र ३०२ वटा गाउँपालिका गरी ३८९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ४८ वटा नगरपालिका र १३३ वटा गाउँपालिका गरी १८१ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ ।

यस्तै कांग्रेसले ४१ वटा नगरपालिकाको उपमेयर, १३२ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १७३ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले १,८४९ वटा वडाध्यक्ष पद जितेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले २५ वटा नगरपालिका र ८५ वटा गाउँपालिका गरी ११० वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै एमालेले २८ वटा नगरपालिकाको उपमेयर र ८२ वटा पालिकाको उपाध्यक्ष गरी ११० ठाउँमा नै पालिका उपप्रमुखरउपाध्यक्ष जितेको छ । एमालेले १,४४७ वटा वडाध्यक्ष पदमा जित हासिल गरको छ ।

पालिका चुनावको अहिलेसम्मको मत परिणाममा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ६८ वटा गाउँपालिका गरी ७७ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले १३ वटा नगरपालिकाको उपमेयर, ७१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ८४ ठाउँमा जितेको छ । माओवादीले ७८३ वटा वडाध्यक्ष पदमा जित निकालेको छ ।

नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जनता समाजवादी पार्टीले पनि ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस