Techie IT
×
गृहपृष्ठराजनीतिबालेनले कटाए १५ हजार मत स्थापित र सिर्जनाको कति ?

बालेनले कटाए १५ हजार मत स्थापित र सिर्जनाको कति ?


काठमाडौँ- काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँका अनुसार अहिलेसम्म शाहले १५ हजार ४०२ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका केशव स्थापित ७ हजार बढी मतले पछि छन् । उनले ८ हजार २२८ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले ७ हजार ११४ मत प्राप्त गरेकी छन् ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ३, ४, ५, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #बालेन शाह, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस