Techie IT
×
गृहपृष्ठराजनीतिबालेन शाहले अग्रता कायमै, स्थापित र सिंहले कति पाए ?

बालेन शाहले अग्रता कायमै, स्थापित र सिंहले कति पाए ?


काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले अग्रता कायमै राखेका छन् ।

हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उमेदवारी दिएका शाहले १२ हजार ५५३ मत ल्याएर आफ्नो फराकिलो अग्रतालाई कायम राखेका हुन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा एमालेका केशव स्थापितले ६ हजार ७०६ र नेपाली कांग्रेसका सिर्जना सिंहले ५ हजार ९५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नम्बर १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #बालेन शाह, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस