Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा एमालेले हटायो संसद्को अवरोध

नेकपा एमालेले हटायो संसद्को अवरोध


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाएको छ । संसदको नवौं र दशौं अधिवेशनका सबै बैठकमा नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका एमालेका सांसदहरुले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा अवरोध नगरेका हुन् ।

बैठकमा बोल्दै एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले संसद् अवरोध नगरी आफ्ना असन्तुष्टिहरू फरक शैलीमा प्रस्तुत गर्ने बताएका छन् ।

एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो। तर सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै एमालेले संसद् अवरोध जारी राखिरहेको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले, #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस