Techie IT
×
गृहपृष्ठराजनीतिकाठमाडौंमा बालेनले कटाए १० हजार मत, अरुले कति पाए ?

काठमाडौंमा बालेनले कटाए १० हजार मत, अरुले कति पाए ?


काठमाडौँ – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । सार्वजनिक पछिल्लो मत परिणाम अनुसार शाहले १० हजार मत कटाएका छन् । उनले हालसम्म १० हजार २४१ मत पाएका छन् ।

शाहलाई नेकपा एमालेका केशव स्थापितले ५ हजार ४५३ मतसहित पछ्याइरहेका छन् । उनी बालेनभन्दा ४ हजार ८ सय बढी मतले पछि छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ हजार ७४२ मत पाएर एमालेलाई पछ्याइरहेकी छन्।

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत तथा विवेकशील साझा पार्टीकी समिक्षा बास्कोटाले १०७ मत पाएकी छन् ।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #बालेन शाह, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस