गृहपृष्ठ ∕ राजनीति ∕ काठमाडौं महानगरपालिको मतगणना ढिलाइप्रति निर्वाचन आयोगको ध्यानाकर्षण काठमाडौं महानगरपालिको मतगणना ढिलाइप्रति निर्वाचन आयोगको ध्यानाकर्षण दीप संञ्चार जेठ २, २०७९ गते १९:४४ मा प्रकाशित काठमाडौं-काठमाडौं महानगरपालिको मतगणना ढिलाइप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ । मतगणनामा निकै ढिलाइ भइरहेको प्रति आयोगको जानकारीमा रहेको आयोगको प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए ।मतगणनालाई चाँडो गर्ने विषयमा आयोग छलफलमा रहेको भन्दै कुनै उपाय लगाएर समाधान गर्ने प्रयास भइरहेको बताए । ‘काठमाडौं महानगरको मतगणनामा ढिलाई भएकै हो । यस विषयमा हामी छलफल गरिरहेका छौं । थप स्थानमा पनि मत गणना गर्नेगरी काम गर्छौं,’ प्रवक्ता पौडेलले भने ।धेरै ठाउँबाट एकै पटक मतगणना गर्दा आयेगसँग उपलब्ध स्रोत साधनले कतिको सम्भव छ भन्ने विषयमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भइरहेको उनको भनाइ छ ।काठमाडौं महानगरपालिकामा एक मत गन्न २० मिनेटभन्दा बढी समय लागिरहेको छ । यस हिसाबले मत गन्न महिनौं लाग्ने देखिन्छ । मतगणनामा ढिलाइ भएपछि दुई ठाउँ थप गरेको थियो । सुरुमा १ नम्बर र ३२ नम्बर वडाबाट मत गणना थालिएको थियो । पछि २,३,४ र ३१ वडाको मत गणना थालिएको थियो ।३१ वैशाख बिहान १० बजेदेखि थालिएको मत गणना सोमबार अपरान्हसम्म आउँदा १४ हजार मात्र मतगणना भइसकेको छ । मतगणनामा ढिलाइ भएपछि आयोगले विकल्पको खोजी गर्न थालेको हो ।यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनको काठमाडौं महानगरको मतगणना १३ दिनमा सकिएको थियो । जनतापाटीक्याटेगोरी : राजनीति, समाचारट्याग : #निर्वाचन आयोग, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप