Techie IT
×
गृहपृष्ठराजनीतिकाठमाडौँमा मतान्तर बढाउँदै बालेन, कति मतले पछि परे स्थापित ?

काठमाडौँमा मतान्तर बढाउँदै बालेन, कति मतले पछि परे स्थापित ?


काठमाडौँ – काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अप्रत्यासित रुपमा मतान्तर झन् बढाउँदै लगेका छन् ।

राष्ट्रियसभा गृहमा जारी मत गणनाको पछिल्लो पटक सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ७ हजार ५३५ मत ल्याएका छन् । जुन दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा ३५ सय मत बढी हो । स्थापितले हालसम्म ३ हजार ९८२ मत प्राप्त गरेका छन्।

साथै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ४८६ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

महानगरपालिकामा अहिले ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ। वडा नम्बर १ र २को गणना भने सकिसकेको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #बालेन शाह, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस