Techie IT
×
गृहपृष्ठराजनीतिबालेनको अग्रता कायमै, बालेनको ३५३२ , स्थापितको १८५६र सिंहको १६६८ मत

बालेनको अग्रता कायमै, बालेनको ३५३२ , स्थापितको १८५६र सिंहको १६६८ मत


काठमाडौं-काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह एक हजार ६७६ मतान्तरसहित अगाडि रहेका छन् ।

पछिल्लोपटक सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ३ हजार ५३२ मत प्राप्त गर्दा नेकपा (एमाले)का केशव स्थापितले एक हजार ८५६ मत पाएका छन् ।

नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ६६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ । महानगरमा ३२ वडा रहेको छ । शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब एक लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #बालेन शाह, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस