Techie IT
×
गृहपृष्ठराजनीतिआयोगले भन्याे- ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा’

आयोगले भन्याे- ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा’


काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार हुन गइरहेको निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको जानकारी दिएका हुन । उनले भने- ‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।’

चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको प्रवक्ता अर्यालको भनाइ छ ।

साथै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भएरनभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको पनि उनले जानकारी दिए ।

मतदान भोलि बिहान ७ बजेदेखि कार्य सुरु हुनेछ भने बेलुकी ५ बजेसम्म जारी रहनेछ । ३५ हजार २ सय २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध रोध निर्वाचित भइसकेका छन् ।

मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #निर्वाचन आयोग

तपाईको प्रतिक्रिया दिनुहोस