Techie IT
×
गृहपृष्ठराजनीतिसंसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस


सरकारले संघीय संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो ३ वा ४ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

१५ जेठमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय (बजेट) ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको सरकारले संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।

जेठ ४ गते अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् । त्यसपछि प्रि-बजेट छलफल हुनेछ र अर्थमन्त्रीले जवाफ दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #विद्यादेवी भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस