गृहपृष्ठ ∕ राजनीति ∕ गठबन्धनलाई विजयी बनाउन कांग्रेसी कार्यकर्ता सबैभन्दा बढी लाग्नुपर्छ : देउवा गठबन्धनलाई विजयी बनाउन कांग्रेसी कार्यकर्ता सबैभन्दा बढी लाग्नुपर्छ : देउवा दीप संञ्चार वैशाख २५, २०७९ गते १५:४१ मा प्रकाशित नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भनेका हुन् ।गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उनले भने, “गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ ।”गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेका छन् भने ।प्रधानमन्त्री देउवाले गठनबन्धनले छ महानगरमध्ये तीनवटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको बताए । महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरे । गठबन्धनलाई विजयी बनाउनका लागि कांग्रेसी कार्यकर्ता गठबन्धनका अन्य दलले भन्दा पनि मेहनतका साथ लाग्नुपर्नेमा उनले जोड दिए ।जनतापाटीक्याटेगोरी : राजनीतिट्याग : #breaking, #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला