Techie IT
×
गृहपृष्ठराजनीतिराजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जाल ‘अकाउन्ट’को विवरण बुझाउन निर्देशन

राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जाल ‘अकाउन्ट’को विवरण बुझाउन निर्देशन


काठमाडौं -निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरण बुझाउन निर्देशन दिएको छ ।

उम्मेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र निर्वाचन अधिकृतको कार्यालयमा सामाजिक सञ्जालको अकाउन्टबारे जानकारी दिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताको परिधिमा रही प्रचार प्रसार गर्न सामाजिक सञ्जालको प्रयोगबारे जानकारी गराउनुपर्ने भएको हो । सामाजिक सञ्जालको प्रयोग गर्दा हुने आचारसंहिताविपरीतका कार्य गरेको पाइएको कारवाही गरिने उनले बताए ।

सामाजिक सञ्जालमार्फत प्रचार प्रसारको क्रममा हुनसक्ने मिथ्था सूचना नियन्त्रण गर्न एकाउन्टबारे जानकारी दिनुपर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #निर्वाचन आयोग

तपाईको प्रतिक्रिया दिनुहोस