Techie IT
×
गृहपृष्ठराजनीतिस्थानीय तह निर्वाचन : सत्ता गठबन्धनमा धेरै उम्मेदवार उठाउने काँग्रेस, माधवको पार्टीका ११ हजार ३३० मात्र

स्थानीय तह निर्वाचन : सत्ता गठबन्धनमा धेरै उम्मेदवार उठाउने काँग्रेस, माधवको पार्टीका ११ हजार ३३० मात्र


स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका ५ दलमध्ये सबैभन्दा धेरै उम्मेदवार उठाउने राजनीतिक पार्टी नेपाली काँग्रेस रहेको छ ।

निर्वाचन आयोगका अनुसार ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएकोमा गठबन्धनमा रहेको काँग्रेसले विभिन्न पदमा ३१ हजार ४२५ उम्मेदवार उठाउँदा गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले सबैभन्दा थोरै उम्मेदवार ८ सय ८३ जना उम्मेदवार मात्रै उठाएको छ ।

त्यसैगरी गठबन्धनमा दोस्रो ठुलो दल माओवादी केन्द्रले २२ हजार २७९ उम्मेदवार उठाउँदा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी ११ हजार ३३० जनामात्र उठाएको छ । त्यस्तै जनता समाजवादीले ९ हजार ४८१ उम्मेदवार उठाएको छ ।

जम्मा ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार नेकपा एमालेले उठाएको छ । एमालेका उम्मेदवार ३३ हजार ५ सय ३ जना छन् । रातोपाटि


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस