Techie IT
×
गृहपृष्ठराजनीतिस्थानीय तह निर्वाचन : उम्मेदवारहरूले नाम फिर्ता लिने आज अन्तिम दिन

स्थानीय तह निर्वाचन : उम्मेदवारहरूले नाम फिर्ता लिने आज अन्तिम दिन


स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले नाम फिर्ता लिने आज अन्तिम दिन हो ।

नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ ।

त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।

विपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बागी उम्मेदवारी दिएका नेताहरूलाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस