Techie IT
×
गृहपृष्ठराजनीतिमहानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस र एमालेको बैठक आज

महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस र एमालेको बैठक आज


काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसले महानगररउपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो आज लगाउने भएको छ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याउन कांग्रेसले दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे सुरु हुने बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाइएको छ।

यसअघि हिजो शुक्रबारका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक सहमति जुट्न नसकेको भन्दै स्थगित गरिएको थियो।

देशका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाउने तयारी प्रमुख दलहरुको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #कांग्रेस बैठक

तपाईको प्रतिक्रिया दिनुहोस