Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेसलाई ७ उपमहानगर, कुन दलले कुन उपमहानगर पाए ?

कांग्रेसलाई ७ उपमहानगर, कुन दलले कुन उपमहानगर पाए ?


काठमाडौं-सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति जुटेको छ।

बुधबार बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंग्याएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार अन्तिम सहमति पत्रमा हस्ताक्षर हुन मात्र बाँकी रहेको छ । सहमति अनुसार ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ भने दुई उपमहानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले पाउनेछ । यस्तै, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको भागमा एकरएक उपमहानगर परेको छ ।

जसमा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका पाएको छ । माओवादीले जीतपुर सिमरा र घोराही पाउँदा समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर आफ्नो भागमा पारेका छन् ।

यसअघि भएको सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एकरएक वटा माओवादी, एकीकृत समाजवादी र जसपा, नेपालका भागमा परेको छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र कांग्रेसले काठमाडौं, ललिपुर र विराटनगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवार उठाउनेछन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस