गृहपृष्ठ ∕ राजनीति ∕ देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो-अर्थमन्त्री शर्मा देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो-अर्थमन्त्री शर्मा दीप संञ्चार चैत्र २८, २०७८ गते १८:११ मा प्रकाशित काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ ।‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिदैछ । यो राष्ट्रघात हो । देशलाई त राम्रो बनाउनुपर्यो नि । श्रीलंका बनाउनतिर किन चाँसो उहाँहरूको भइराखेको छ बडो अचम्म लाग्छ ,’ मन्त्री शर्माले भने ।सरकारले बृद्धभत्ता कटौती गर्न लागेको, अन्य काम पनि कटौती गर्न लागेको भन्दै भ्रम फैलाउने काम भइरहेको उनको भनाइ छ । ‘हामीले आवश्यकता अनुसार बजेटको व्यवस्था गरिरहेका छौं । बृद्धभत्ता कटौती गर्न लाग्यो, यसो गर्न लाग्यो भनेर भ्रम फैलाउने काम भइरहेको छ । यी सबै अफवाहहरू हुन् ,’ उनले भने ।ठूलो ठूलो स्वरमा अर्थतन्त्र सकियो भन्दै राजनीतिकरण गर्न खोजिएको उनको भनाइ छ । ‘हामी पनि सतर्कता अपनाइरहेका छौं । यसमा अनावश्यक अफवाह फैलाउनु आवश्यक छैन्,’ मन्त्री शर्माले भने, ‘हामीले दिन नसकिने अवस्थामा छैनौं । अहिले पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब पैसा छ ।’ जनतापाटीक्याटेगोरी : राजनीतिट्याग : #जनार्दन शर्मा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुउपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने