Techie IT
×
गृहपृष्ठराजनीतिबालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । स्थानीय तहको चुनावमा तालमेलको खाकाबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरु जुटेका हुन् ।

आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिले प्रतिवेदन बुझाउने छ । त्यसपछि शीर्ष नेताहरुले प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ। साथै गठबन्धनका शीर्ष नेताहरुले संयुक्त अपील जारी गर्ने तयारी पनि छ ।

आइतवार पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले चुनावमा हुने तालमेलबारे शीर्ष नेता बसेर टुंग्याउने निष्कर्ष निकालेको थियो। गठबन्धनमा आवद्ध दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपालबीच देशभरका ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा कहाँ कसरी तालमेल गर्ने विषयमा सकस परेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #सत्ता गठबन्धनको बैठक

तपाईको प्रतिक्रिया दिनुहोस