गृहपृष्ठ ∕ राजनीति ∕ वैशाख ३० मा चुनाव घोषणा गरी जनप्रतिनिधिहरूको अधिकार हनन् गरियो : नेपाल वैशाख ३० मा चुनाव घोषणा गरी जनप्रतिनिधिहरूको अधिकार हनन् गरियो : नेपाल दीप संञ्चार चैत्र २६, २०७८ गते १६:५१ मा प्रकाशित काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा विजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताएका छन् ।नेकपा (एस) निकट दोलखा–काठमाडौँ सम्पर्क मञ्चले गरेको कार्यकर्ता भेलामा अध्यक्ष नेपालले वैशाख ३० मा स्थानीय तह निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गरे ।‘३० वैशाखमा चुनाव हुने भनेर निर्वाचन आयोगले शुक्रबार आचारसंहिताको कुरा पनि अघि सारेको छ– समस्या त छ,’ नेपालले अगाडि भने, ‘५ जेठमा पहिलो चुनाव भएको थियो, १५ असारमा अर्को चुनाव भएको थियो, ७ असोजमा अर्को चुनाव भएको थियो, असोजमा चुनाव भएकाहरूको अझै ५ वर्ष पुगेको छैन ।’‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच वर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने रु त्यसो हुनाले कानुनमा त्रुटि छ, संवैधानिक उनीहरूको अधिकारको हनन् भएको छ,’ नेपालले भने, ‘त्यसो हुनाले यो चुनावले असोज महिना पाँच वर्ष पुग्नेहरूको भावना विपरीत छ ।’ स्थानीय तह निर्वाचनमा ३० वैशाखमा गराउने सरकारको निर्णयविरुद्धमा भंगहा नगरपालिकाका मेयर संजिवकुमार सिंहले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको प्रसङ्ग उल्लेख नगरी त्यसतर्फ भने उनले इंगित गरेका छन् ।यद्यपि, वैशाख ३० मा निर्वाचन हुने वा नहुने भन्नेमा नेपालले आशंका व्यक्त गरे पनि चुनावी तयारीमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #माधवकुमार नेपाल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ