Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै


आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ११ः३० बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएको जानकारी दिए । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बुझिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #शेरबहादुर देउवा, #सत्तारुढ गठबन्धनको बैठक

तपाईको प्रतिक्रिया दिनुहोस