Techie IT
×
गृहपृष्ठराजनीतिस्थानीय तह निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने, के गर्न पाइन्छ, के पाइँदैन ?

स्थानीय तह निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने, के गर्न पाइन्छ, के पाइँदैन ?


काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आज ९शुक्रबार० देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। निर्वाचन आयोगका एक आयुक्तका अनुसार बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागिएको हो।

आयोगले यसअघि दलहरुलाई आचारसंहिता पालना गराउन प्रतिवद्धता गरेकाले अव लागू हुने ती सदस्यले बताए। निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो। आयोगले सामाजिक सञ्जालदेखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ

केही दिनअघि आयोगले निर्वाचनमा भाग लिने दलहरुसँग प्रतिबद्धता जनाउन छलफल पनि गरेको थियो। आचारसंहिता लागेपछि सरकारले सरुवाबढुवालगायत निर्णय गर्न पाउने छैन।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस