Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिपरिवार दलले पनि अब हुने उप निर्वाचनमा भाग लिने

परिवार दलले पनि अब हुने उप निर्वाचनमा भाग लिने


काठमाण्डौं । नेपाल परिवार दलले मङ्सिर १४ गते हुने उप निर्वाचनमा भाग लिने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मंगलवार काठमाडौँमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले उप निर्वाचनमा सहभागी हुन दल दर्ता गर्ने निर्णय गरेको दलका प्रवक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए ।

सरकारले केहि समय अघि रिक्त रहेको विभिन्न जन निर्वाचित पदहरुको उप निर्वाचनको लागि मङ्सिर १४ गतेको मिति घोषणा गरेको थियो । निर्वाचन आयोगले पनि उप निर्बाचनमा सहभागी हुन इच्छुक दलहरुलाई दर्ताको लागि आह्वान गरिसकेको छ ।संबिधान सभामा २ सिट रहेको नेपाल परिवार दलले पछिल्लो निर्बाचनमा बाम गठबन्धनलाई सघाएको थियो ।

परिवार दलको बैठकले सुर्खेत जिल्लामा रहस्यमय तरिकाले नेपालको राष्ट्रिय जनाबार गाई ठुलो संख्यामा मृत फेला परेको बारे छानबिन गरि दोषीलाई कारबाही गर्न सरकार सँग माग गर्ने निर्णय समेत गरेको दलकी कोषाध्यक्ष महामन्त्री बिनोद डाँगीले जानकारी दिए ।

परिवार दलले विभिन्न चाडपर्वको अवसरमा शुभकामाना आदानप्रदान कार्यक्रम गर्न पनि प्रदेश तथा जिल्ला समितिहरुलाई निर्देशन दिने समेत निर्णय गरेको दलकी कोषाध्यक्ष तथा पूर्व सांसद मिलन राजवंशीले दीप सञ्चार लाई जानकारी दिईन ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस