Techie IT
×
गृहपृष्ठराजनीति‘प्रचण्ड’ आज गृह जिल्ला चितवनमा

‘प्रचण्ड’ आज गृह जिल्ला चितवनमा


काठमाडौँ -नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् ।

चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् ।

निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधूप बढेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #प्रचण्ड

तपाईको प्रतिक्रिया दिनुहोस