Techie IT
×
गृहपृष्ठराजनीतिसंसदीय समितिमा रहने नेताको नाम छान्न काँग्रेस शीर्ष नेता छलफलमा

संसदीय समितिमा रहने नेताको नाम छान्न काँग्रेस शीर्ष नेता छलफलमा


नेपाली काँग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ ।

छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको  छ। उम्मेदवार छान्न काँग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेका छ । समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ।

संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हुन्छन् भने बाँकी पूर्व पदाधिकारीलाई समेटिने छ । कार्यसम्पादन समितिमा २८ नम्बरमा रहेका कोइरालाई २५ सदस्यीय संसदीय समितिको समेट्ने जोडबल भइरहेको छ। त्यसका लागि पूर्व पदाधिकारीलाई हटाएर अगाडि राख्नुपर्ने छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस