Techie IT
×
गृहपृष्ठराजनीतिकाँग्रेस प्रदेश सभापति- गठबन्धन गर्ने हो भने हाम्रो हालत पनि काँग्रेस आईको झैं हुनेछ

काँग्रेस प्रदेश सभापति- गठबन्धन गर्ने हो भने हाम्रो हालत पनि काँग्रेस आईको झैं हुनेछ


नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जान नहुने बताएका छन् ।

शुक्रबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कमिटीको बैठकमा प्रदेश सभापतिहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका हुन् ।

गण्डक प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेश सभापति अम्बर पुन, कर्णाली प्रदेश सभापति ललित बहादुर शाहीले गठबन्धन गर्न नहुनेमा जाड दिएका हुन् । गठबन्धन गरेमा स्थानीय आवश्यकता अनुसार मात्र गर्नु पर्ने उनीहरुको जोड छ । गठबन्धन किन गर्ने, गर्दा के हुन्छ, केन्द्रबाटै गठबन्धन गर्ने की स्थानीय आवश्यकता अनुसार गर्ने यी तीनवटा प्रश्नमा बैठक केन्द्रित रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । कर्णाली प्रदेशका सभापति शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा काँग्रेस निल हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रले ज-जसले जहाँ जितेको हो त्यो ठाउँमा आफूसँगै राखेर नेकपा एमालेले जितेका स्थानीय तहमा भागबण्डा गर्नुपर्ने बताउँदै आएको छ । यस्तो गर्दा कर्णालीका धेरै जिल्लामा काँग्रेस निल हुने कर्णाली प्रदेशका सभापतिको भनाइ छ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस