गृहपृष्ठ ∕ राजनीति ∕ आजको प्रतिनिधि सभा बैठकमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोक्ने आजको प्रतिनिधि सभा बैठकमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोक्ने दीप संञ्चार फागुन २९, २०७८ गते ७:५३ मा प्रकाशित काठमाडौँ -प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढ्ने भएको छ ।प्रतिनिधि सभाको आजको बैठकले महाभियोग प्रस्तावबारे छलफल हुने दिन र समय निर्धारण गर्ने भएको छ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको ११औँ बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ ।संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने’ उल्लेख छ ।प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरिसकेको छ। समितिमा प्रमुख प्रतिपक्षी एमाले पनि सहभागी छ । जबराविरुद्ध गत १ फागुनमा महाभियोग दर्ता भएको थियो ।त्यस्तै, आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #चोलेन्द्रशमशेर जबरा, #संसद बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदलीय दलदलमा फसेको आयोजना सबै उतार्ने प्रधानमन्त्रीको दाबीदिल्लीमा डा.आरजुको थाइराइडको शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुखप्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन भ्रमणमा धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण ८५३ तोला चाँदीसहित २ जना पक्राउ ताजा अपडेट दलीय दलदलमा फसेको आयोजना सबै उतार्ने प्रधानमन्त्रीको दाबी दिल्लीमा डा.आरजुको थाइराइडको शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? सुनको मूल्य बढ्यो, चाँदीको कति ? नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड (फोटो फिचर) आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल यस कारण शरीरमा निलो दाग बस्छ