Techie IT
×
गृहपृष्ठराजनीति‘एमसीसी आजै दोस्रो सेसनमा पारित हुन्छ’-रामचन्द्र पौडेल

‘एमसीसी आजै दोस्रो सेसनमा पारित हुन्छ’-रामचन्द्र पौडेल


काठमाडौँ -सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र यो विशुद्ध आर्थिक विकास सहयोगको रुपमा मात्र बुझ्छौँ भनेर व्याख्या गर्दै पारित गर्ने निर्णय गरेको पौडेलको भनाइ छ ।

आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो चरणको बैठकबाट एमसीसी पारित गर्ने जानकारी दिँदै उनले भने, ‘आजै दोस्रो सेसनमा पारित हुन्छ ।”

एमसीसी पारित गराउन पनि एमालेको सकारात्मक भूमिका रहने नेता पौडेलले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमसीसी, #रामचन्द्र पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस