Techie IT
×
गृहपृष्ठराजनीतिप्रतिनिधि सभाको बैठक आज, एमसीसी सम्झौतामा छलफल सुरु हुने

प्रतिनिधि सभाको बैठक आज, एमसीसी सम्झौतामा छलफल सुरु हुने


काठमाडौँ -प्रतिनिध सभाको बैठक आज बस्दैछ । अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रस्तावलाई पेश गरेर स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको दुई सम्भावित कार्यसूचीमध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्नेछन् । तर अर्थमन्त्री शर्मा भने एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनु पर्ने भएपछि त्यसलाई छल्नका लागि सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर गएका छन् ।

सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ । उनी एमसीसीबारेको प्रस्ताव पेस गर्नु पर्ने भएपछि पर्वत उधोग वाणिज्य संघको साधरणसभामा सहभागी हुन कुश्मा पुगेका हुन् ।

एमसीसी गत आइतबार संसद्मा सरकारका तर्फबाट टेबुल भइसकेको छ । एमसीसीबारे सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको आ–आफ्नै रणनीति छ । सत्तारूढ नेपाली कांग्रेस एमसीसी संसद्बाट पारित गर्ने पक्षमा उभिँदै आएको छ भने सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी टेबल गर्ने सहमति गरेपनि यथावत् अवस्थामा पास भने हन नसक्ने अडान लिएका छन् । त्यस्तै, जसपा अनिर्णित रहँदा जनमोर्चा भने सडकमा उत्रिसकेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #एमसीसी, #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस