Techie IT
×
गृहपृष्ठराजनीतिकमल थापा नेतृत्वमा चुनावको तयारी गर्दै राप्रपा नेपाल

कमल थापा नेतृत्वमा चुनावको तयारी गर्दै राप्रपा नेपाल


काठमाडौँ -कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो । जसअनुसार स्थानीय निर्वाचनको तयारीका लागि सुशील श्रेष्ठको संयोजकत्वमा स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

समितिको सदस्यहरूमा श्री तेजकुमार कुरुम्वाङ्ग, हरिकृष्ण श्रेष्ठ, राम नरेश यादव, , रामसुन्दर विष्ट, राजकुमार खड्का, खेमराज गौतम, ईर्साद आलम, ईश्वर श्रेष्ठ, ललित जोशी, सुशीला गिरी, शिवकुमार बाँस्तोला, श्यामबहादुर खत्री, सुजन अधिकारी, दिनेशचन्द्र गुप्ता, चेतनाथ थापा, राजु नापित, दुर्योधन निरौला र उज्वल पोखरेल रहेका छन् ।

बैठकले स्थानीय निकाय निर्वाचन घोषणा पत्र तयारी समिति गठन गरेको छ । जसको संयोजकमा सुरेश आचार्य रहेका छन् भने सदस्यहरूमा माधव खत्री, ममता राई, होमभक्त कुुरुम्वाङ, रमेश राज पन्त, शशिरंजन यादव, रामचन्द्र बाँनिया रहेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #कमल थापा

तपाईको प्रतिक्रिया दिनुहोस