Techie IT
×
गृहपृष्ठराजनीतिएमसीसीबारे ५ बजे निर्णय गर्छौं : माधव नेपाल

एमसीसीबारे ५ बजे निर्णय गर्छौं : माधव नेपाल


काठमाडौँ -नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे बिहीबारै निर्णयमा पुग्ने बताएका छन् ।

बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा बिहीबार ५ बजे निर्णयमा पुग्ने बताएका हुन् । सञ्चारकर्मीले एमसीसी के गर्नुहुन्छ भन्ने राखेको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘आजै ५ बजे बस्ने गठबन्धनको बैठकमा निर्णयमा पुग्छौँ ।’

सत्तारुढ गठबन्धनको बिहीबार ५ बजे बैठक बस्दै छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #एकीकृत समाजवादी

तपाईको प्रतिक्रिया दिनुहोस