Techie IT
×
गृहपृष्ठराजनीतिशोक प्रस्ताव पारित गर्दै ६ गतेसम्मका लागि संसद् बैठक स्थगित

शोक प्रस्ताव पारित गर्दै ६ गतेसम्मका लागि संसद् बैठक स्थगित


काठमाडौँ -प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए ।

सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए । नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस