Techie IT
×
गृहपृष्ठराजनीतिएमालेको नाराबाजीको बिचमै संसद् बैठक कार्यसूचीमा प्रवेश

एमालेको नाराबाजीको बिचमै संसद् बैठक कार्यसूचीमा प्रवेश


काठमाडौँ -प्रतिनिधिसभा बैठक सुरु भएलगत्तैै एमाले सांसदहरूले नाराबाजी गरेका छन् । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् ।

एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस