Techie IT
×
गृहपृष्ठराजनीतिनिर्वाचन आयोगले फागुन १ देखि दैनिक पत्रकार सम्मेलन गर्ने

निर्वाचन आयोगले फागुन १ देखि दैनिक पत्रकार सम्मेलन गर्ने


काठमाडौँ -निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धि जानकारी दिने भएको छ ।

आयोगले आज एक विज्ञिप्ती जारी गर्दै फागुन १ गतेबाट हरेक दिन अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो ।

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले दैनिक पत्रकार सम्मेलन गर्ने बताएको हो । पत्रकार सम्मेलन आयोगका प्रवत्ता तथा सहायक प्रवत्ताले गर्नेछन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #निर्वाचन आयोग

तपाईको प्रतिक्रिया दिनुहोस