Techie IT
×
गृहपृष्ठराजनीतिकाँग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

काँग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने


काठमाडौँ -नेपाली काँग्रेसले पटक पटक सार्दै आएको १६ जिल्लाको अधिवेशन मिति टुंगो लगाएको छ ।

काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले फागुन १३ अधिवेशन गर्ने तय भएको बताएका छन् ।

उनकाअनुसार फागुन १० गतेभित्र अधिवेशन बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गरिनेछ । पछिल्लो पटक काँग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो । त्यसअघि अनिश्चित बनेको अधिवेशन पुनः गर्न काँग्रेस जुटेको हो ।

काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम रहेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #कांग्रेस बैठक, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस