Techie IT
×
गृहपृष्ठराजनीतिनिर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल

निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल


काठमाडौँ -नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन चाँडोभन्दा चाडो घोषणा गर्न माग गरेका छन् ।

प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन घोषणा नगरे आन्दोलन गर्नेसमेत बताए । “स्थानीय तहको निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए”, उनले भने, “पत्रकारले पनि समयमा नै स्थानिय तहको निर्वाचन गर्ने दिशामा कमल चलाउनुपर्दछ ।” उनले मुलुकलाई आर्थिक, विकास र समृद्धि तिर लैजानुपर्नेमा जोड दिए ।

उनले पार्टीले विद्यार्थी, युवा र महिलाबाहेक सबै जनवर्गीय सङ्गठनको महाधिवेशन गर्न निर्देशन दिइएको बताए । उनले ठूलो सङ्गठन संरचना नभई चुस्तदुरुस्त बनाइने बताए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सरकारले संविधानको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताए । उनले पत्रकारले अझै पनि समयमा नै तलब नपाउनु परेको पीडा रहेको उल्लेख गर्दै त्यस्ता आम सञ्चारमाध्यममा खबरदारी गर्नुपर्ने बताए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेशा नै धरमरमा रहेकाले सबै मिलेर जोगाउनुपर्ने बताए । उनले नाम मात्रका पत्रकार तर अर्कै व्यवसाय गर्ने धेरै नै रहेकाले नेपाल पत्रकार महासङ्घले छानबिन गर्नुपर्ने बताए । पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले अझै पनि पत्रकारले समयमा नै तलब नपाएको बताए । उनले महासङ्घ निरन्तर पत्रकारको हकहितका लागि काम गरिरहेको बताए ।

महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्टले पत्रकारलाई अहिले पनि काम गरेको तलब पाउनका लागि समस्या भइरहेको बताए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले प्रेस स्वतन्त्रताको रक्षाका लागि चौतारीले सधैँ खबरदारी गर्ने बताए । उनले पत्रकारले अहिले पनि श्रमजीवी पत्रकार ऐनअनुसार तलब नपाएकाले सरकारले तुरुन्तै ऐनअनुसार तलब उपलब्ध गराउनुपर्ने बताए ।रासस


क्याटेगोरी : राजनीति
ट्याग : #ईश्वर पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस