Techie IT
×
गृहपृष्ठराजनीतिकाँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

काँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक


काठमाडौँ -नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

यही माघ २७ गते केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बोलाएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । शनिबार एक विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएकोबारे जानकारी गराएका हुन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्‍ने भएको छ।

उनका अनुसार बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल हुने छ । साथै अधिवेशन हुन बाँकी १६ जिल्लाका बिषय पनि छलफलको एजेन्डा रहेको पौडेलले बताए । बैठकमा विविध विषयमाथि पनि छलफल हुने उनले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #Breakig, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस