Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिकांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ? (सुचीसहित)

कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ? (सुचीसहित)


काठमाडौँ -नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री गगन थापालाई बैठकमा २४ जनाको नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।

बैठकले उक्त नाम सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो । काँग्रेस विधान अनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भएपनि आज पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो ।

सभापतिले ३१ जना केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा राख्ने पाउने व्यवस्था छ । तर आज उनले २४ जनालाई मात्र कार्यसम्पादन समिति सदस्य बनेका छन् । २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेकाले देउवाले कार्यसम्पादन समितिलाई पूर्णता नदिएको पाइएको छ ।

सदस्यहरु

पदाधिकारीबाट-
सभापति – शेरबहादुर देउवा
उपसभापति – पूर्णबहादुर खड्का
उपसभापति – धनराज गुरुङ
महामन्त्री – गगन थापा
महामन्त्री – विश्वप्रकाश शर्मा
सहमहामन्त्री – महालक्ष्मी उपाध्याय ुडिनाु
सहमहामन्त्री – जीवन परियार
सहमहामन्त्री – भीष्मराज आङदेम्बे
सहमहामन्त्री – किशोरसिंह राठौर
सहमहामन्त्री – महेन्द्र यादव
सहमहामन्त्री –  फरमुल्लाह मन्सुर
सहमहामन्त्री – उमाकान्त चौधरी
सहमहामन्त्री – बद्री पाण्डे

अन्य सदस्य-

रामचन्द्र पौडेल
विमलेन्द्र निधि
प्रकाशमान सिंह
डा. शशांक कोइराला
डा. शेखर कोइराला
डा. प्रकाशशरण महत
गोपालमान श्रेष्ठ
विजयकुमार गच्छदार
कृष्णप्रसाद सिटौला
चित्रलेखा यादव
डा. रामशरण महत
अर्जुननरसिंह केसी
सुनिलबहादुर थापा
बलबहादुर केसी
बालकुष्ण खाँण
ज्ञानेन्द्रबहादुर कार्की
उमा रेग्मी
रमेश रिजाल, डा
नारायण खड्का
जिपछिरिङ लामा
एनपी साउद
सुजाता कोइराला
जीवनबहादुर शाही
आनन्द ढुंगाना


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस