Techie IT
×
गृहपृष्ठराजनीतिजनकपुरमा युवा संघले जलायो प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला

जनकपुरमा युवा संघले जलायो प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला


जनकपुर- नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले स्थानीय निर्वाचन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरेको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न संघीय सरकारले ढिलाई गरेको र मन्त्रीले मर्यादा विपरित हिंसात्मक अभिव्यक्ति दिए पनि सरकारले बर्खास्ती नगरेको भन्दै युवा संघले आइतबार प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतना दहन गरेको हो ।

संघका नेताहरुले स्थानीय रेल्वे स्टेशनबाट र्‍याली निकाल्दै भानु चोक, शिव चोक हुँदै जनक चोक पुगेर कोण सभामा गरेका थिए । जहाँ उनीहरुले दुवै नेताको पुलता दहन गरेका थिए । र्‍यालीमा सहभागी युवाहरूले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न र मन्त्री यादवमाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #शेरबहादुर देउवा

तपाईको प्रतिक्रिया दिनुहोस